भद्रपुरमा निःशुल्क आँखा शिविर, ५५० बिरामीको उपचार, १४२ को निःशुल्क शल्यक्रिया

झापाको भद्रपुरमा सञ्चालित निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ५५० जना बिरामीले सेवा लिएका छन् ।
भद्रपुर आँखा उपचार केन्द्र परिसरमा भदौ २४ गतेदेखि २६ गतेसम्म सञ्चालित तीनदिने शिविरमा त्यति संख्यामा बिरामीले सेवा लिएका हुन् । शिविरमा १४२ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीमध्ये १३२ जनाको मोतियाविन्दूे र १० जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको थियो ।


भद्रपुर निवासी सरिया परिवारको आयोजना, रोटरी, रोट्रयाक्ट र इनरह्वील क्लव भद्रपुरको संयुक्त व्यवस्थापन तथा मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशी, आउटरिच कोअर्डिनेटर कविता कार्की, सन्तोषकुमार लाभकर्ण, दुर्गेश पासवानलगायतले शल्यक्रियासहित बिरामीहरूको उपचार गरेका थिए ।
आँखाका बिरामीहरूको सङ्ख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरूलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको र शिविरबाट सीमावती भारतीय क्षेत्रका बिरामीसमेतले सेवा लिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *