लेखापढी सहकारी, भद्रपुरको अध्यक्षमा थापा

भद्रपुर । लेखापढी व्यवसायमा संलग्न व्यवसायीहरुढारा स्थापित लेखापढी बचत तथा ऋण सहकारी संस्था, भद्रपुरको अध्यक्षमा दलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार भद्रपुर–९ स्थित मुना भवनमा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।ु

संस्थाको उपाध्यक्षमा महेश न्यौपाने, सचिवमा हेमराज खतिवडा, सहसचिवमा छविलाल घिमिरे र कोषाध्यक्षमा खगेन्द्र तामाङ चयन भएका छन् । रमेश भट्टराई, निर्मला आचार्य खनाल, चन्द्रप्रसाद लम्साल र अनिल अधिकारी सदस्यमा चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा महेश भट्टराई तथा सदस्यमा टिकाराम अधिकारी (टिकेन्द्र) र भानुभक्त अधिकारी चयन भएका छन् ।

११ सदस्यीय कार्यसमितिमा नौ जना निर्विरोध निर्वाचित भएका छन् भने दुईजना सदस्य लेखापढी इकाई समितिबाट पदेन सदस्य रहने व्यवस्था छ ।
यसअघि, झापा जिल्ला वचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले संस्थाको तह्रौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गरेका थिए ।
सचिव दलबहादुर थापाले सञ्चालन र उपाध्यक्ष गोविन्दकुमार बुढाथोकीले स्वागर गरेको साधारणसभामा अध्यक्ष महेश भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थाले आ. व. २०७९÷०८० मा १४ लाख २८ हजार ५२५ रुपैयाँ नाफा गरेको छ । २९ जना शेयर सदस्यबाट २०६७ मा स्थापित संस्थामा हाल २६४ जना शेयर सदस्य छन् ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट सञ्चालकको रुपमा मुरारी पोखरेल, ज्येष्ठ सदस्य सोमप्रसाद पोखरेल, उत्कृष्ट वचतकर्ता युवराज कार्की र लक्ष्मी कोइराला तथा उत्कृष्ट ऋणी त्रिलोक भण्डारी र ज्ञानेन्द्र उप्रेतीलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *