नेपाली सेनासँगको सहकार्यमा रोट्रयाक्ट विर्तामोड मिडटाउनले गर्यो पाउ पाथिभरामा सरसफाइ

सौम्य शर्मा
झापा । नेपाली सेनासँगको सहकार्यमा रोट्रयाक्ट क्लव अफ विर्तामोड मिडटाउनले झापाको चारआलीस्थित प्रसिद्ध पाउ पाथिभरा मन्दिर परिसरमा सरसफाइ गरेको छ ।
विश्व सरसफाइ दिवसको अवसरमा भदौ ३० गते रोट्रयाक्ट विर्तामोड मिडटाउनले नेपाली सेनाको अरामदिन गण चारआलीसँगको सहकार्यमा पाउ पाथिभरा मन्दिर पसिरमा सरसफाइ गरेको हो ।

यस पवित्र स्थलको मौलिक सौन्दर्य जीवन्त राख्न नेपाली सेनाका ३० जना र रोट्रयाक्टमा आबद्ध युवाहरुसहित करिब ४५ जनाले मन्दिर परिसर सरसफाइ गरेको क्लवले जनाएको छ । पाउ पाथिभरा मन्दिर सरसफाइ कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने क्लवका अध्यक्ष जितेश अग्रवालले बताए ।

विश्व सरसफाइ दिवस हरेक वर्ष सेप्टेम्बरको तेस्रो शनिबार मनाइन्छ । यो एक विश्वव्यापी वातावरणीय आन्दोलन हो । यसले सडक, पार्क, समुद्र तट र अन्य सार्वजनिक स्थानहरूबाट फोहोर र फोहोर सफा गर्ने प्रयासमा विश्वभरका लाखौं स्वयम्सेवकलाई एकताबद्ध गर्दछ । सरसफाइले वातावरण संरक्षणको महत्व र प्रदूषणको दबाबको मुद्दालाई सम्बोधन गर्ने गरेको बताइन्छ ।

झापाको आस्थाको धरोहरको रुपमा विकसित हुँदै गएको रमणीय पाउ पाथीभरा मन्दिर स्थानीय समुदायका लागि गहिरो सांस्कृतिक र आध्यात्मिक महत्व राखेको छ । तर यद्यपि, पछिल्ला वर्षहरूमा यो क्षेत्र फोहोरै र फोहोरले भरिएको छ । यसले मन्दिरको शान्त वातावरणलाई जोखिममा पार्दै लगेको स्थानीय वासिन्दाहरुको भनाइ छ ।

रोट्रयाक्ट क्लव अफ विर्तामोड मिडटाउन र नेपाली सेनाको संयुक्त पहलमा यो समस्या समाधान गर्ने लक्ष्य राखिएको छ ।

सरसफाइका क्रममा संकलित फोहोर सावधानी र जिम्मेवारीपूर्वक डिस्पोजल गरिएको क्लवले जनाएको छ । पहिलो चरणको सरसफाइले मन्दिर पसिर निकै सफा र आकर्षक देखिएको स्थानीयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *