६८ औं प्रहरी दिवसको अवसरमा झापामा बृक्षारोपण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाद्वारा आज आयोजित एक समारोहका बीच कार्यालय पसिरमा बृक्षारोपण गरिएको हो ।
समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले बक्षारोपण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयमा धूपी, मसलालगायतका एक सय बढी विरुवा रोपण गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
६८ र्औं प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले अपराध अनुसन्धानमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनले झापामा अपराध नियन्त्रणका लागि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा अमंर प्रहरी परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै प्रहरीलाई सहयोग पुर्याउने विभिन्न संघ–संस्थालाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
८५ वर्ष भन्दा माथिका जेष्ठ पूर्व प्रहरी कर्मचारी मेचीनगर निवासी पूर्व प्रहरी हवल्दार ८९ वर्षीय बिर्खवहादुर गुरुङलाई प्रहरी उपरीक्षक रेग्मीले दाोसल्ला ओढाएर सम्मान गरेका थिए भने अमर तथा सहिद परिवारका सदस्यलाई जिल्ला प्रहरी श्रीमती संघकी अध्यक्ष विन्दू विमली रेग्मीले दोसल्ला ओढाई सम्मान गरेकी थिइन् ।
त्यस्तै ६८ औं प्रहरी दिवसका अवसरमा आयाोजित विद्यालय स्तरीय निवन्ध प्रतियोगितामा उत्कृष्ठ हुने विद्याार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।