झापा । झापा, इलाम, पाँचथर र ताप्लेजुङका पेट्रोलियम व्यवसायीहरु संगठित रहेको मेची पेट्रोलियम डिलर्स एशोसिएशनले १६ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटनलाईसमेत प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएशनले शनिबार झापाको पर्यटकीयस्थत नगरकाइृ नगरपालिकास्थित धनुषकोटीधाममा १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
एशोसिएशाका अध्यक्ष नविन कोइरालाको अध्यक्षतामा आयोजित साधारणसभाको नेपाल पेट्रोलियम व्यवसायी एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्रपूसाद प्रधानले उद्घाटन गरेका थिए ।
एशोसिएशनका महासचिव विनोद वस्नेतले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान अवस्थामा व्यवसाय अत्यन्त अकरिलो अवस्थाबाट गुज्रिरहेको जानकारी दिए । मुलुकको अर्थतन्त्र र अन्य उद्योग–व्यवसायमा आएको मन्दीको असर पेट्रोलियम व्यवसायमा पनि परिरहेको उनले उल्लेख गरे ।
समारोहमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष प्रधानले चौतर्फी मन्दी भएका कारण वर्तमान अवस्थामा व्यवसायीहरुले धैर्यधारण गर्नुको विकल्प नरहेको उल्लेख गर्दै राज्य पनि व्यवसायीको हितका लागि ठोस योजना ल्याउनुपर्नेमा जोड दिए । समारोहमा नेपाल आयल निगम चारआलीका दीपेन्द्र गोइत, पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका अध्यक्ष महेन्द्र अग्रवाल, व्यवसायी प्रेमप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वनभोजसहित आयोजना गरिएको साधारणसभा समारोहमा जिल्लाका उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
साधारणसभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको महासचिव वस्नेतले जानकारी दिए ।