झापा । पाँचथर जिल्लाको विभिन्न स्थानबाट बसाइँ सरी झापाको दमकमा बसोबास गर्नेहरुको संस्था पाँचथर झापा सेवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शनिबार दमकको होटल के।बि।आरमा सम्पन्न अधिबेशनबाट आगामी २ वर्षे कार्यकालका लागि मित्रप्रसाद थापाको अध्यक्ष्यतामा कार्यसमिति पनि चयन भएको छ ।
नवगठित समितिको उपाध्यक्षमा निलकण्ठ सापकोटा, देवेन्द्र चाम्लिङ, यानु सुवेदी, सचिवमा बिरोध सुवेदी, सहसचिवमा देउकुमार नेम्वाङ, कोषाध्यक्षमा भोला पोखरेल र सदस्यमा प्रेमबहादुर भट्टराई, जीवन सापकोटा, श्रीप्रसाद पोर्तेल, दयादेवी लुइँटेल, कमलनाथ दवाडी, शरदा खनाल, मणि प्रधान, तुलसी ढकाल, अर्जुन राई, लीला आचार्य र ओममाया आङ्देम्बे चयन भउका छन् ।
कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले प्रमुख अतिथिको रुपमा उद्घाटन गरेको अधिवेशनका विशिष्ट अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आफ्नो पनि पुर्ख्यौली थलो पाँचथर नै भएको र यो संस्थाको सदस्य बन्न चाहेको बताएका थिए ।
प्रमुख अतिथि थापाले दमकमा बसोबास गर्ने पाँचथरेहरुको सुख दुस्खमा साथ सहयोग गर्न, असहज परिस्थितिहरुमा आवश्यक समन्वय गर्नसमेत संस्थाले अग्रसरता लिनु पर्नेमा जोड दिएका थिए ।
संस्थाका सहसचिव विरोध सुबेदीेले सञ्चालन र सचिव निलकण्ठ सापकोटाले स्वागत गरेको कार्यक्रममा विभिन्न वडाहरुबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।