देशभरका कोइला व्यवसायी सङ्गठित, संयोजकमा झापाका अर्जुन चूडाल

झापा । देशभरका कोइला व्यवसायी सङ्गठित बनेका छन् । झापामा पहिलोपटक कोइला व्यवसायीहरु भेला भई नेपाल कोइला व्यवसायी संघ गठन गरेका हुन् ।

झापाको बिर्तामोडमा विराटनगर, इटहरी तथा विर्तामोडका व्यवसायीहरूको संयुक्त भेलाले व्यवसायी अर्जुनकुमार चूडालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ। बिर्तामोड निवासी चूडाल कोइला व्यवसायसँगै, घरजग्गा व्यवसायमा समेत संलगन छन् । सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय चूडालले देशभरका कोइला व्यवसायीहरूलाई एकताबद्ध बनाउदैं अघि बढ्ने उद्देश्यका साथ नेपाल कोइला व्यवसायी संघ गठन गरिएको जानकारी दिए ।

आर्थिक मन्दीले कोइला व्यवसायीहरू समेत प्रभावित भइरहेका बेला व्यवसाय प्रवद्र्धन गर्दै सबै व्यवसायीका समस्या समाधानका लागि संघको आवश्यकता महसूस गरेर देशभरका व्यवसायीहरूलाई सङ्गठित गर्ने अभियान शुरु गरिएको संयोजक चूडालले बताए ।
तदर्थ समितिमा रजनिश करनानीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ भने खगेन्द्र श्रेष्ठ, मनोहरप्रसाद अग्रवाल र ज्ञानेन्द्र पौडेल सदस्य रहेको पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको बताइएको छ ।

संयोजक र कोषाध्यक्षको संयुक्त खाता खोलेर व्यवसायीहरुबाट रकम संकलन गरी संघको गतिविधि अघि बढाइने बताईको छ । भारत लगायत तेस्रो मुलुकबाट आउने कोइलाको व्यवसायलाई एकरुपता दिने उद्देश्यले व्यवसायी सङ्गठित गरिएको संयोजक चूडालले जानकारी दिए । इँटा र सिमेन्ट उद्योगहरुले आयातीत कोइला प्रयोग गर्ने गरेका छन् ।

कोइलाले मल, स्टिल, स्पन्ज आइरनजस्ता गैरऊर्जा क्षेत्रका उद्योगहरूमा पनि योगदान पुरयाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *