लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुरको साधारणसभामा सम्मान–पुरस्कार

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १७ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
इकाइृका अध्यक्ष लावन्यकुमार पोखरेललको अध्यक्षतामा जिल्ला समन्वय समिति mभपाको सभाहलमा आयोजित साधारणसभाको प्रमुख अतिथि झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार वस्नेतले उद्घाटन गरेका थिए ।
इकाईका सचिव मुरारी पोखरेलले सञ्चालन र उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको साधारणसभा उद्घाटन समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले केही वर्षदेखि रोकिँदै आएको परीक्षा ििलई प्रमाणपत्र वितरण गर्ने कार्य खुलाउन एसोसिएसनले झापा जिल्ला अदालत र झापा जिल्ला बार एसोसिएसनसमक्ष पहल गरिरहेको जानकारी गराए । अध्यक्ष पोखरेलले लेखापढी व्यवसायलाई आवश्यकता अनुसार समयानुकूल प्रविधिमैत्री बनाउन एसोसिएसनले व्यवसायीहरुलाई सोसम्बन्धी तालिम प्रशिक्षण प्रदान गर्दै आएको पनि उल्लेख गरे ।


सो अवसरमा एसोसिएसनले संस्थामा आबद्ध व्यवासयीहरुका सन्ततिमध्ये २०७९ को एसइई परीक्षमा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने पाँचजनालाई नगदसहित सम्मान गरेको छ । एसोसिएसनले यस वर्ष लेखापढी व्यवासय िछविलाल घिमिरेकी छोरी भूमिका घिमिरे, केशव सञ्जेलका छोरा अनिश सञ्जेल, एकराज घिमिरेकी छोरी एलिसा घिमिरे, दानबहादुर चोहानका छोरा पुकार चौहान र शेखरनाथ भण्डारीकी छोरी समता भण्डारीलाई नगदसहित सम्मान गरेको हो ।
यसैगरी, ज्येष्ठ सदस्यतर्फ हर्कमान सिंह राजवंशी, उत्कृष्ट लिखत दर्तातर्फ व्यवसायी प्काश निरौला र भू–सेवा केन्द्रमार्फत लिखत दर्ता गर्ने उत्कृष्ट व्यवसायीतर्फ मित्र निरौलालाई सम्मान गरिएको थियो । यसैगरी, अग्रज लेखापढी कानून व्यवसायी पुरुषोक्तम अधिकारी र सुगम सुवेदीलाई पनि विशेष सम्मान गरिएको अध्यक्ष पोखरेलले बताए ।


सम्मानित व्यक्तित्वहरुलाई समारोहका प्रमुख अतिथि जिल्ला न्यायाधीश वस्नेतले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
समारोहमा प्रमुख अतिथि वस्नेत, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, भूमिसुधार तथा मालपोत कार्यालय झापाका प्रमुख शेरबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *