झापा । सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सौर्य एयरलाइन्सले साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो।
‘सौर्य एयरलाइन्सका अध्यक्ष दपिक पोखरेलले जा।री गरेको विज्ञप्तिमा भनिएको छ — ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैं रहने विश्वास दिलाउँछौँ । सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवम् चिरस्मरणीय इतिहासका रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ ।’
कम्पनीको स्थापनाकालदेखि एउटै परिवारका रूपमा रही काम गर्दै आएका व्यक्तिहरूको अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएको भन्दै कम्पनीले यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने जनाएको छ। कम्पनीले दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।