मेचीनगर गोल्डकप ः चर्च ब्वाइज सेमिफाइनलमा

झापा । काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापाको काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेपाल सुपर लिगको तयारीमा रहेको झापा एफसीलाई टाइब्रेकरमा पाखा लगाउँदै लिग विजेता चर्च ब्इज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल टइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल गरे भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
आजको खेल खेल धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच हुने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जनाएको छ ।

खेलपछि विजेता चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको खेल पस्किन नसकेको बताए । उनले व्यस्त खेल तालिकाका कारण खेलाडीहरु थाकेकाले चाहेजस्तो प्रदर्शन हुन नसकेको बताए । त्यस्तै झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीका लागि केही खेलाडी मात्र मैदानमा उतारेको बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टिम सहभागी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *