झापा । मैथिल समाज झापाले हिन्दूहरुको उल्लसित पर्व होलीको पूर्वसन्ध्यामा होली मिलन समारोह आयोजना गरेको छ ।
समाजले भद्रपुर–६ स्थित आफ्नै नानिर्मित भवनमा मंगलबार साँझ होली मिलन समारोह आयोजना गरेको हो ।
समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए । समाजका सचिव सुशील कर्णले सञ्चालन र निवर्तमान अध्यक्ष बलदेव शाहले स्वागत गरेको समारोहमा शुभकामना व्यत्तः गर्दै नगरप्रमुख पोखरेलले होली पर्वले समाजमा भाइचारा एवम् सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाव गर्दै आइरहेको बताउँदै संयमित भई सभ्य ढंगबाट होली मनाउन नगरवासीलाई आग्रह गरे ।
समारोहमा पूर्व नगरप्रमुख एवम् मैथिल समाजका अगुवा भारतेन्द्कुमार मल्लिक, भद्रपुर नगरपालिका वडा नं ६ का अध्यक्ष रतिया राजवंशी, वडा नं. ५ का वडा सदस्य जेष्ठमल ठाकुर, डा. पिताम्बर ठाकुरलगायतले शुभकामना मन्तव्य राखेका थिए भने ६ नं. का वडा सदस्य प्रकाश शर्मा, यदुनन्दन साह रौनियार, रेखा साफीलगायतको सहभागिता थियो । समारोहमा उक–अर्काप्रति रंग दलेर शुभकामना आदान–प्रदान गरिएको थियो ।
सोही अवसरमा समाजले मैथिल समुदायबाट गत वर्ष एसईई परीक्षामा सवोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने अनुज कर्ण र सृष्टी शाहलाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि नगरप्रमुख पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए ।
विगतमा स्थानीय मोहपाल धर्मशालामा कार्यक्रम आयोजना गर्दै आएको समाजले यस वर्ष आफ्नै भवनमा समारोह आयोजना गरेको हो । भद्रपुर नगरपालिका र समुदायबाट सहयोग संकलन गरी समाजको स्वामित्वमा रहेको ११ धुर जग्गामा करिब ३१ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको अध्यक्ष झाले जानकारी दिए । गेटलगायतका काम बाँकी नै रहेकोले अझै ७–८ लाख रुपैयाँ आवश्यक रहेको बताउँदै अध्यक्ष झाले त्यसका लागि वडा, नगरपालिका र समाजका अग्रजहरुसँग सहयोग मागिएको जानकारी दिए ।