झापा । झापाको विर्तामोड ४ स्थित अग्रणी सहकारी संस्था सिम्रिक सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ४०० भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् ।
संस्थाले आफ्नो सेवा क्षेत्र रहेको पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको ग्रामीण भेगमा आयोजना गरेको स्वास्थ्य शिविरबाट १ हजार ४३४ जनाले सेवा लिएका हुन् ।
सिम्रिक साकोसको आयोजना र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं ६ र ७ को व्यवस्थापनमा शिकारीभञ्ज्याङमा सम्पन्न स्वास्थ्य शिविरबाट जेनेरल मेडिसिन विभागतर्फ १५५ , मानसिक रोग विभागतर्फ १५ जना, प्रसूती तथा स्त्री रोग विशेषज्ञ सेवातर्फ ८७, बाल रोग विशेषज्ञ सेवातर्फ २१, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवातर्फ १५४ जना, नाक कान घाँटीतर्फ ४४, दन्तरोगतर्फ ४३, शल्यक्रिया परामर्शतर्फ २० जना, आँखातर्फ ९६, रेडियोलोजी (भिडियो एक्सरे) तर्फ ४३ जना र प्रयोगशाला ल्याबतर्फ रगत–पिसाब जाँचमा १०२ जना गरी ८ सय ८३ जनाले सेवा लिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
नोबेल शिक्षण अस्पताल विराटनगरको बिशेषज्ञसहितको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले सामान्य सेवाका लागि अस्पताल धाउनुपर्ने बाध्यतामा रहेका स्थानीयलाई आफ्नै ठाउँमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएकोमा सिम्रिक साकोसको प्रशंसा गर्दै धन्यवाद दिए ।
त्यस्तै संस्थाले पाँचथरको यासोक कुम्मायक गाउँपालिकामा आयोजना गरेको शिविरमा ५५१ जनाले सेवा लिएका थिए ।
शिविरबाट जनरल मेडिसन तर्फ ७५ जना, मानसिक रोग विभाग ५ जना, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ४७ जना, बाल रोग विशेषज्ञ ९ जना, हाड जोर्नी तथा नशारोग विशेषज्ञ सेवा ७७ जना, नाक कान घाँटी विशेषज्ञ सेवा ३५, दन्त रोग विशेषज्ञ सेवा ४० जना, शल्यक्रिया परामर्शमा १५ जना, आँखाको जाँचमा ७०, रेडियोलोजी ९भिडियो एक्सरे० ६१ जना, मुटुको जाँच (इ.सी.जी.) ४१ जना र प्रयोगशाला ल्याब (रगत पिसाब जाँच) ७६ जना गरी ५५१ जनाले सेवा लिएका थिए ।
सिम्रिक सहकारीले बचत तथा ऋणको कारोबार मात्र गर्ने नभई सदस्यको हित र उन्नतिका लागि विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै संस्थाका अध्यक्ष सुवास भट्टराईले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।