झापा । अन्तर्राष्टिय सामाजिक संस्था रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा सामाजिक व्यक्तित्व धनजुजु श्रेष्ठ चयन भएका छन् ।
रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार सन् २०२५–२६ का लागि अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् ।
यसैगरी, आर्इपीपी सञ्जयराज पोखरेल, सचिवमा नरेश पराजुली, प्रेसिडेन्ट इलेक्टमा उज्ज्वल श्रेष्ठ, ट्रेजररमा पवनकुमार श्रेष्ठ र सरजेन्ट अफ आम्र्समा निरज पराजुली चयन भएका छन् । त्यस्तै चेयर डाइरेक्टरहरूमा क्रमशः दीपेश ढकाल, राजकुमार पोखरेल, टिकाराज ढकाल, आदित्य पराजुली र विगत ओझालार्इ चयन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार पास्ट प्रेसिडेन्टहरूलाई सल्लाहकारमा चयन गरिएको छ ।