काफ्ले बन्धु समाज झापा अध्यक्षमा नारायण, प्रदेश अध्यक्षमा चिन्तामणि

झापा । काफ्ले बन्धु समाज झापाको तेस्रो र कोशी प्रदेशको दोस्रो अधिवेशन एकैसाथ सम्पन्न भएको छ । झापाको कनकाईधाममा शनिबार अधिवेशन सम्पन्न भएको हो ।

दुबै समितिको अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ ।

झापाको अधिवेशनले वर्तमान सचिव नारायण काफ्ले (गौरादह)–को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा हेमराज काफ्ले (हल्दिबारी), महिला उपाध्यक्षमा दुर्गाकुमारी काफ्ले (दमक), सचिवमा रमेशकुमार काफ्ले (अर्जुनधारा), सहसचिवमा रोहित काफ्ले (भद्रपुर), कोषाध्यक्षमा होमनाथ काफ्ले ( मेचीनगर) तथा सदस्यमा कमल काफ्ले (मेचीनगर) पोष्टप्रसाद काफ्ले (बिर्तामोड), युवराज काफ्ले (बिर्तामोड), लक्ष्मण काफ्ले (भद्रपुर) मञ्जु काफ्ले (दमक), सुजता ढकाल काफ्ले (दमक) र शरद काफ्ले (दमक) सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक केन्द्रीय उपाध्यक्ष तोयानाथ काफ्लेले जानकारी दिए ।

त्यसैगरी प्रदेश कार्यसमितिमा गौरादहका चिन्तामणि काफ्ले अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा झापाका तुम्मनाथ काफ्ले, ताप्लेजुङका होमप्रसाद काफ्ले, सुनसरीका कृष्णप्रसाद काफ्ले र झापाका घनश्याम काफ्ले चयन भएका छन् । महासचिवमा मोरङका चिरञ्जीवी काफ्ले र सचिवमा झापाका भुवानीप्रसाद काफ्ले चयन भएका छन् भने सदस्यमा मोरङका बेदप्रसाद काफ्ले र झापाका कुमार काफ्ले चयन भएका छन् ।

समाजका झापा अध्यक्ष गोपाल काफ्ले र कोशी प्रदेश अध्यक्ष चन्द्रमणि काफ्लेले संयुक्त रुपमा अध्यक्षता तथा झापाका सचिव नारायण काफ्ले र प्रदेशका महासचिव शिवहरि काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा प्रदेश उपाध्यक्ष दुर्गा खनाल काफ्लेले स्वागत गरेकी थिइन् ।
समारोहमा ज्येष्ठ बन्धु तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । काफ्ले समाज झापाले ८० वर्षमाथिका ७ जना ज्येष्ठ माता–पितालाई सम्मान गर््यो ।

सम्मानित हुनेहरूमा भद्रपुरका र्इश्वर काफ्ले, हल्दिीबारीका पदमकुमार काफ्ले, दमकका चिरञ्जीवि काफ्ले, अर्जुनधाराकी कृष्णमाया काफ्ले, गौरादहका खिलबहादुर काफ्ले, कनकाईका देवीप्रसाद काफ्ले र मेचीनगरका माधव काफ्ले छन्। उनीहरूलाई दोसल्ला तथा नगदसहित सम्मान गरिएको काफ्ले समाज झापाले जनाएको छ।

सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पनि सम्मान गरियो । काफ्ले बन्धुका सन्तानमध्ये उत्कृष्ट नतिजा ल्याउने दमकका चन्द्रप्रसाद काफ्ले र जानुका काफ्लेकी छोरी निशा काफ्ले तथा शिवसताक्षी निवासी नीरप्रसाद काफ्ले र कमला काफ्लेका छोरा निश्चल काफ्लेलाई सम्मान गरिएको हो। उनीहरूलाई मुकुन्द स्मृति अक्षयकोषमार्फत जनही २,५०० रुपैयाँ नगद प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि काफ्ले समाजका पूर्व केन्द्रीय अध्यक्ष गुणराज काफ्ले, कोषकी संस्थापक दुर्गा खनाल काफलेलगायतले छात्रबृत्तिसहित सम्मानपत्र प्रदान गरेका थिए ।

समारोहमा झापा अध्यक्ष गोपाल काफ्लेले जिल्लाको अध्यक्षीय तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेशकुमार काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कोशी प्रदेशको प्रतिवेदन अध्यक्ष चन्द्रमणि काफ्लेले प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

समारोहमा काफ्ले बन्धु समाज झापाले प्रकाशन गरेको वि. सं. २०८३ को क्यालेण्डर पनि विमोचन गरिएको थियो ।

अधिवेशनमा करिब २०० जना काफ्ले बन्धुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *