नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवम् अलैंची निर्यातकर्ता निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को केन्द्रीय सदस्य चुनिएका छन् ।
अध्यक्षमा सिल्क एशोसियशनका अध्यक्ष शंकरप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट केन्द्रीय सदस्यमा भट्टराई सर्वसम्मत चयन भएका हुन् ।
निर्यातजन्य वस्तुहरुको छाता संगठनको रुपमा रहेको फिनले नयाँ जुझारु नेतृत्व प्राप्त गरेको नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फको केन्द्रीय सदस्य पदका उम्मेदवार कार्कीका अनुसार निर्यात व्यवासयलाई सहजीकरण गर्न यसअघि रामबहादुर गुरुङको अध्यक्षतामा फिनको स्थापना भएको थियो । कार्की पनि संस्थापक अध्यक्ष गुरुङको कार्यकालका सदस्य हुन् ।
केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएपछि युवा व्यवसायी भट्टराईले निर्यात प्रवद्र्धन गर्न, सरकारसँग व्यवसायी तथा उद्योगीका समस्या राख्न, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहिचानसहित निर्यातका लागि पैरवी गर्न आफ्नो भूमिका रहने बताएका छन् ।