भद्रपुरको बजेट ९९ करोड दुई लाख

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ९९ करोड बढीको बजेट प्रस्ताव गरेको छ ।

आज नगरपालिकाको सभाहलमा सुरु नगरसभाको १४ औं अधिवेशनमा नगर उपप्रमुख राधा कार्कीले आ. व. ०८१÷०८२ का लागि ९९ करोड २ लाख १९ हजारको बजेट प्रस्ताव गरेकी हुन् ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको नगरसभाको १४ औं अधिवेशनमा उपप्रमुख कार्कीले प्रस्तावित बजेट सार्वजनिक गर्दै बजेट खर्च हुने क्षेत्रहरु पनि छुट्याइएको जानकारी दिइन् ।

प्रस्तावित बजेट अनुसार नगरको आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३३ हजार, सामाजिक विकासतर्फ ३७ करोड ७४ लाख ४६ हजार, पूर्वाधार विकासतर्फ ३९ करोड ३५ लाख ५४ हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड ४७ लाख र वनतावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ २ करोड ५५ लाख विनियोजन गरिएको छ ।

सभामा उपप्रमुख कार्कीले चालु आर्थिक वर्षको संशोधित बजेट ९८ करोड ३१ लाख ४६ हजारलाई अनुमोदन गरिदिन प्रस्ताव गरेकी थिइन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ५९ करोड ६१ लाख २३ हजार ३८० रुपैयाँ खर्च भएको विवरण पनि उपप्रमुख कार्कीले सभामा प्रस्तुत गरेकी थिइन् ।

नगरपालिकाभित्र रोजगार सिर्जना, मानवीय पूँजी निर्माण, समविकास तथा नगरवासीका न्यूनतम आवश्यकता पूरा गर्ने गरी बजेट बाँडफाँड गरिएको पनि उपप्रमुख कार्कीले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलासमेतको उपस्थिति रहेको नगरसभामा नगरप्रमुख पोखरेलले आ. व. ०८१÷०८२ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *