नेपाल निजामती कर्मचारी संगठन झापा अध्यक्षमा न्यौपाने

झापा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी संगठन झापाको १२ औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।


भद्रपुर १० चन्द्रगढीस्थित संगठनको आफनै भवनको सभाहलमा एक भव्य समारोहका बीच प्रमुख अतिथि नेकपा (एमाले)–झापाका अध्यक्ष प्रेम गिरीले अधिवेशन उद्घाटन गरेका थिए ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षता एवम् सचिव कृष्ण सुवेदीले सञ्चालन गरेको अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले राजनीति र कर्मचारीतन्त्रबीच नङ र मासुको जस्तो सम्बन्ध रहने हुँदा दुबै संयन्त्रबीचको सहकार्य र समन्वयबाट मात्र सुखी नेपाली, समृद्ध नेपालको अभिभारा पूरा हुने बताए । उनले प्रक्रिया पूरा गरेर आएका सेवाग्राहीको काम छिटो र छरितो ढंगले सम्पादन गरिदिन पनि कर्मचारीहरुलाई आग्रह गरे ।


उपाध्यक्ष हिरन्य न्यौपानेले स्वागत गरेको समारोहमा अध्यक्ष पोखरेलले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका कार्यप्रगतिका बारे जानकारी दिनुका साथै आागमी कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।


सोही अवसरमा संगठनले संगठनका कोशी प्रदेश इञ्चार्ज एवम् संगठन झापाका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंलाई सम्मान गरेको थियो । सम्मानित गुरागाईंलाई प्रमुख अतिथि गिरी, कोशी प्रदेशसभा सदस्य छविलाल चूडाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मानपत्र वाचन राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले गरेका थिए ।

अध्यक्षमा न्यौपाने
यसैबीच, अधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्ष पदमा हिरण्य न्यौपाने चयन भएका छन् । भद्रपुर नगरपालिकामा कार्यरत न्यौपाने वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए ।
अध्यक्षलगायत सबै पद सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक देवराज कार्कीले जानकारी दिए । उनका अनुसार खुला उपाध्यक्षमा चिरन खतिवडा र महिला उपाध्यक्षमा चन्द्रा पोखरेल, सचिवमा पूर्णचन्द्र मैनाली, सहसचिवमा चिरञ्जीवी खवास र कोषाध्यक्षमा मनोज भट्टराई चयन भएका छन् भने खुला सदस्यमा हेमचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, हिमाल सुवेदी, मनिषा कोइराला, कुवेरप्रसाद न्यौपाने, नर्वदा तिम्सिना, गणेशदत्त तिमल्सेना, यामकुमार कुरुम्बाङ, सागर दाहाल र हेमचन्द्र लामिछाने शर्मा, महिला सदस्यमा मञ्जु भट्टराई र दुर्गा अधिकारी तथा मधेसी सदस्यमा दिवाकर सुनरैव चयन भएका छन् ।
यसैगरी, लेखा आयोग संयोजकमा सुवास वि.क. र सदस्यमा रविन्द्र अधिकारी र अरुणा भट्टराई चयन भएका छन् भने कोशी प्रदेश प्रतिनिधिमा मोहनप्रसाद ढकाल, शत्रुघनप्रसाद चौधरी, टंकनाथ दुलाल, सीता भण्डारी, मन्दिरा श्रेष्ठ, कृष्णप्रसाद सुवेदी, प्रकाश योङहाङ, जटाशंकर झा र खीना तिम्सिना सर्वसम्मत चयन भएको निर्वाचन संयोजक कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *