झापा । झापाको भद्रपुर–८ स्थित एसएस निकेतन अङ्ग्रेजी हाइस्कूलले ४१ औं अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । विद्यालय प्राङ्गणमा बिहीबार आयोजित समारोहको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीले गरेका थिए ।
विद्यालयका प्रिन्सिपल राजशंकर झाको अध्यक्षतामा आयोजित समारोहमा एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने चारजना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाईसमेत पुरस्कृत गरिएको थियो ।
अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको समारोहमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले सामूहिक नृत्य, एकल नृत्य, गायन, नाटक, कविता वाचन, फेशन सो लगायत प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षकहरूले पनि सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
सुजाता उप्रेतीले स्वागत मन्तव्य राखेको समारोहमा अभिभावकहरुका लागि लक्की ड्रबाट पुरस्कृत पनि गरिएको शिक्षक सोम थापाले जानकारी दिए ।