पशुपति प्राविको स्वर्ण महोत्सव ः स्वर्ण स्तम्भ अनावरण, सम्मान

झापा । झापाको भद्रपुर ४ तारानगरस्थित पशुपति प्राथमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । यस अवसरमा विद्यालय स्थापनाकालदेखि हालसम्म योगदान पुर्याउने व्यक्तित्वहरुलाई विद्यालयले सम्मान गरेको छ भने विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भ अनावरण गरिएको छ ।

विद्यालयको भूपू विद्यार्थी समूहले विद्यालय परिसरमा शनिबार आयोजना गरेको समारोहका बीच जग्गादाता, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने विद्यालयका पूर्व विद्यार्थी, भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले तीन लाखबढी लागतमा निर्माण गरिदिएको स्वर्ण स्तम्भ अनावरण गरिएको हो । प्रमुख अतिथि कार्की र निर्माणकर्ता कार्कीकी माता विष्णुमाया कार्कीले संयुक्त रुपमा स्वर्ण महोत्सव स्तम्भ अनावरण गरेका थिए ।

स्वर्ण महोत्सव आयोजक समितिका संयोजक पूर्व विद्यार्थी ऋषिप्रसाद नेपालको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष हंशधर राजवंशी, ३ नं वडाध्यक्ष हेमबहादुर कार्कीलगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

विविध सांस्कतिक प्रस्तुतिहरुका साथ आयोजित स्वण महोत्सव समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि उपप्रमुख कार्कीले सामुदायिक विद्यालयलाई समयानुकूल परिस्कृत गदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् ।

पूर्व विद्यार्थी सरोज थापाले सञ्चालन गरेको समारोहमा पूर्व विद्यार्थी उमेश पाण्डेले स्वागत गीतद्वार स्वागत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक अर्जुनलाल राजवंशीले विद्यालयको स्थापनादेखि हालसम्मको गतिविधि प्रस्तुत गरेका थिए ।

विद्यालयले जग्गादाता स्व. गणेशप्रसाद निरौला र स्व. अम्बरबहादुर खड्काका परिवार, पूर्व प्रधानाध्यापक भक्तबहादुर थापा, पूर्व प्रधानाध्यापक तथा बखतबहादुर इन्द्रदेवी अक्षयकोषका दाता पदमकुमार खड्का, राजेन्द्र थामी, आनन्द राई, बद्रीबहादुर कार्की र पर्शुराम राई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्व. रामप्रसाद रिजाल, अम्मरबहादुर खड्का, यामप्रसाद लम्साल, दिलबहादुर राया, लीलाबहादुर खड्का, चन्द्रकुमार मगर, हस्तबहादुर अधिकारी र शोभा टुडु, पूर्व शिक्षकहरु स्व. फणिन्द्रराज काफ्ले, गोपाल रिजाललगायतलाई सम्मान गरेको थियो भने दाता गगन राई र अमेरिका काठमाडौँ झापाली समाजका राजेन्द्र दुलाललगायलाई सम्मान गरिएको संयोजक ऋषिप्रसाद नेपालले जानकारी दिए ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरेको नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *