झापा । वित्तीय कारोवारमा उत्कृष्ट भएको भन्दै झापाको अग्रणी सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ ।
विर्तामोड–४ स्थित सिम्रिक सहकारीलाई साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित समारोहमा आर्थिक वर्ष २०८२÷०८३ मा कारोबारमा उत्कृष्ट स्थान हासिल गरेको भन्दै सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको हो ।
यही साता काठमाडौंमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको सम्मान ग्रहण गरेका हुन् ।
संस्थाले कारोबारमा उत्कृष्टता हासिल गरेकोमा सम्पूर्ण सदस्य, बचतकर्ता, ऋणी सदस्य, शुभेच्छुक, सञ्चालक समिति, उपसमितिहरू, कर्मचारी परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र विश्वास प्रदान गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गरेको छ ।
सहकारीका अध्यक्ष भट्टराईले महत्वपूर्ण सम्मानका लागि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. प्रति आभार तथा कृतज्ञता व्यक्त गरेका छन् । उनले आगामी दिनहरूमा पनि सहकार्य, विश्वास र उत्कृष्ट सेवामार्फत अझ प्रभावकारी सम्बन्धलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
