भद्रपुर क्रिकेट क्लबको पद हस्तान्तरण

झापा । स्थापनाको छोटो समयमै नेपाल र भारतका टिम सम्मिलित क्रिकेटको दुईवटा ठूला प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको भद्रपुर क्रिकेट क्लबको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि पदभार सम्हालेको छ ।
भद्रपुर–८ स्थित होटल एयरपोर्टको सभाहलमा आयोजित समारोहका बीच क्लबका अध्यक्ष आदित्य पराजुलीले नवनिर्वाचित अध्यक्ष गौरब सुब्बा ‘मनोज’लाई पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष पराजुलीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन समारोहमा निर्वाचन समितिका संयोजक गोपाल गिरीले नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई सपथ गराएका थिए भने प्रमुख अतिथि नगरप्रमुख पोखरेलले प्रमाणपत्र प्रदान गरेका थिए ।

निवर्तमान महासचिव वसन्त पोखरेल तथा वर्तमान सचिव केदार महतले सञ्चालन गरेको समारोहमा निवर्तमान उपाध्यक्ष नितेश वर्माले स्वगत गरेका थिए ।
सोही अवसरमा नेपाल चिया तथा कफी विकास बोर्डमा मनोनीत उपाध्यक्ष एवम् क्लबका निवर्तमान अध्यक्ष आदित्य पराजुली तथा परिवार नियोजन संघ झापाका नवनिर्वाचित अध्यक्ष तोयानाथ गड्तौलालाई सम्मान गरिएको थियो ।

शुक्रबार सम्पन्न क्लबको निर्वाचनबाट अध्यक्षमा गौरव सुब्बा मनोज, वरिष्ठ उपाध्यक्षमा नितेश वर्मा, उपाध्यक्षमा वसन्त पोखरेल र उपाध्यक्ष कबिन राई, महासचिवमा राजन भट्टराई ,सचिवमा केदार महत, र कोषाध्यक्ष पवन घिमिरे चयन भएका थिए भने सदस्यमा विशाल राई, सुदर्शन महर्जन, शेखर खड्का, अंकित सुवेदी, अमित शर्मा, अभिषेक ढुङ्गाना, तोयानाथ गडतौला, पोषराज पौडेल, अमित शर्मा, बिक्की जैसवाल, राजेश गुप्ता र अजय साहेवाला चयन भएका थिए ।
निवर्तमान अध्यक्ष पराजुलीले विदाइ मन्तव्य र नवनिर्वाचित अध्यक्ष सुब्बाले प्रतिबद्धता मन्तव्य राखेको समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरे, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायते शुभकामना मन्तव्य मन्तव्य राखेका थिए भने जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् विभिन्न सामाजिक र खेलकुद संघ–संस्थाहरुका पदाधिकारी–सदस्यहरुको सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds