झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल शुरु, विर्तामोड र बाह्रदशी विजयी

झापामा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।
डिफेन्डिङ च्याम्पियन विर्तामोड नगरपालिकाको आयोजनामा स्थानयि डोमालाल राजवंशी रंगशालामा कर्मचारीस्तरयि प्रतियोगिता शुरु भएको हो ।
आजको पहिलो खेलमा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक विर्तामोड नगरपालिकाले विजयी शुरुवात गरेको छ ।
खेलमा बिर्तामोडलाई जित दिलाउन चुनु सोरेनले ह्याट्रिक गरे । विर्तामोडका लागि ह्याट्रिक गर्ने खेलाडी सोरेन खेलको म्यान अफ दी म्याच भए ।
त्यस्तै आजै भएको खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी बनेको छ । बाह्रदशीका लागि कप्तान प्रदिप श्रेष्ठ, सन्तकुमार श्रेष्ठ र कैलाश डोमले गोल गरे । खेलमा बाह्रदशीका डोम म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *