पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुरको राजश्व संकलन ८३.३८ प्रतिशत

झापा । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले लक्ष्यको ८३.३८ प्रतिशत राजश्व संकलन गरेको छ ।

झापाको माईपूर्व तथा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला सेवाक्षेत्र रहेको कार्यालयले चालु आ. व. को पहिलो चौमासिक साउन, भदौ, असो र कात्तिक महिनामा कुल ८६ करोड ३३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो लक्ष्य एक अर्ब तीन करोड ५४ लाख ३४ हजारको ८३.३८ प्रतिशत रहेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

यस अवधिका कार्यालयले आयकरतर्फ २९ करोड ३६ लाख ७१ हजार, घर बहालकर ४७ लाख ६० हजार, ब्याजबाट तीन करोड ४७ लाख ८५ हजार, मूल्य अभिबृद्धि कर ३२ करोड २७ लाख ५९ हजार, अन्तःशुल्कवापत २० करोड १२ लाख ३२ हजार, स्वास्थ्य सेवा करवापत २७ लाख, स्वास्थ्य सेवा करवापत पाँच हजार र अन्य शीर्षकमा ३४ लाख ५६ हजार राजश्व संकलन गरेको काफ्लेले बताए । उनले कार्यालयले मूल्य अभिबिृद्धि करतर्फ लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको बताए ।

स्मरण रहोस्, आन्तरिक राजश्व कार्यालय भद्रपुर आ. व. २०८०÷०८१ को मूल्याङ्मनमा सर्वोत्कृष्ट भई यस वर्षको कर राष्ट्रिय कर दिवसको अवसरमा मंसिर १ गते पुरस्कृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *