झापा उद्योग वाणिज्य संघ शाखा गौरीगञ्जको अध्यक्षमा श्रेष्ठ

झापा । झापा उद्योग वाणिज्य संघ शाखा गौरीगञ्जको अध्यक्षमा रुपक श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचनमा प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गरी अध्यक्ष पदमा नेकपा एमालेनिकट व्यवसायी श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले १५५ मत ल्याउँदा राजवंशीले १२२ मत पाए । श्रेष्ठ एमालेनिकट व्यवसायीहरुको प्यानलको नेतृत्व गर्दै चुनावी मैदानमा थिए भने राजवंशीले नेपाली कांग्रेसको प्यानलको नेतृत्व गरेका थिए ।
निर्वाचन परिणाम अनुसार उद्योग उपाध्यक्ष पदमा विनोद साह, वाणिज्य उपाध्यक्षमा मनोज दास ,सचिवमा पवन दास, उद्योग सहसचिवमा चन्द्र नायक, वाणिज्य सहसचिवमा चन्दन दास, कोषाध्यक्षमा सम्झना अधिकारी अग्रवाल निर्वाचित भएका छन् भने सदस्यमा श्यामलाल शर्मा, निरज साह, संगित दास, इन्द्रकान्त दास (रोशन) र अभिषेक साह तथा महिला सदस्यमा पुर्णिमा साह र आरती कमार निर्वाचित भएका छन् ।

सचिव पवन दास, उद्योग सहसचिव चन्द्र नायक र महिला सदस्य आरती कमार कांग्रेस प्यानलबाट निर्वाचित हुँदा बाँकी सबै पदमा एमालेनिकट व्यवसायी विजयी भएको बताइएको छ ।
हाल झापा उद्योग वाणिज्य संघको एक मात्र शाखाको रुपमा रहेको गौरीगञ्जमा अध्यक्षसहित कार्यसमितिको १४ पदका लागि ३१ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *