शारदा–सुदर्शन फाउन्डेसनद्वारा हिमाली माविका विद्यार्थीलाई स्कुल ब्याग वितरण

भद्रपुर । शिक्षासेवी शारदा देवकोटा तथा सञ्चारकर्मी सुदर्शन देवकोटाको स्मृतिमा परिवारजनले काठमाडौंमा स्थापना गरेको शारदा–सुदर्शन देवकोटा फाउण्डेशनले झापाको भद्रपुर–१ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरेको छ ।


यसै वर्ष कक्षा ९ उत्तीर्ण गरी कक्षा १० मा पुगेका विद्यार्थीलाई पढाइमा सहजताका लागि प्रोत्साहनस्वरुप शारदा–सुदर्शन देवकोटा फाउन्डेसनले बुधबार विद्यालय पसिरमा आयोजित समारोहका बीच स्कूल ब्याग वितरण गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार भट्टराईको अध्यक्षतामा आयोजित समारोहमा ८० जना विद्यार्थीलाई प्रमुख अतिथि कोशी प्देशसभा सदस्य भूमिप्रसाद राजवंशी, विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, फाउण्डेशनकी अध्यक्ष तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, फाउण्डेशनका कार्यकारी निर्देशक तेजकुमार वाँस्तोलालगायतले ब्याग वितरण गरेका थिए ।

भर्खरै कक्षा ९ बाट कक्षा १० मा उर्तीण भएका विद्यार्थीहरूको प्रोत्साहनका लागि स्कुल ब्याग वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले जानकारी दिइन् । उनले आफ्नी शिक्षसेवी माताको शिक्ष्षप्रतिको लगावलाई जीवन्त राख्ने उद्देश्यले फउण्डेशन स्थापना गरेको शिक्षा क्षेत्रलाई प्रमुखता दिएर फाउण्डेशनले सामाजिक कार्य गर्दै आएको पनि जानकारी दिइन् । उनले विगत चार वर्षदेखि फाउन्डेसनले विद्यालयहरूमा विद्यार्थी प्रोत्साहन कार्यक्रम गर्दै आइरहेको बताइन् । दुई वर्ष काठमाडौँ, एक वर्ष विराटनगरर यो वर्ष झापामा विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक वाँस्तोलाले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक दिपक दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक विश्वनाथ राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *