बिर्तामोडमा ‘छप्पन भोग’ रेस्टुरेन्टको भव्य उद्घाटन

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा ८० लाख रुपैयाँको लगानीमा नयाँ मिठाइ रेस्टुरेन्ट ‘छप्पन भोग’ सञ्चालनमा आएको छ ।
सो रेस्टुरेन्टका सञ्चालकमा अनुराग अग्रवाल, सौरभ अग्रवाल, शुभम अग्रवाल र रोनल मित्तल छन् । रेस्टुरेन्टको उद्घाटन आज एक भव्य समारोहका बीच मित्तल परिवारका बयोबृद्ध अभिभावक द्वारिकाप्रसाद मित्तलले रिबन काटेर गरेका थिए ।

‘छप्पन भोग’ सञ्चालन गर्नुको मुख्य उद्देश्य नेपाली उपभोक्तालाई गुणस्तरीय मिठाइ उपलब्ध गराउनु हो, त्यसका लागि उपभोक्ताले अब भारत जानुपर्ने आवश्यकता नहोस्’, सञ्चालक रोनलले भने– ‘यहाँ विभिन्न प्रकारका परम्परागत तथा विशेष मिठाइहरू पाइनेछन् । हामीले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै अधिकांश परिकार शुद्ध घ्यूमा बनाएका छौँ ।’

साथै, रेस्टुरेन्टले सुक्खा खानेकुराले सजिएको आकर्षक गिफ्ट ह्याम्पर पनि बिक्री गर्दैछ । यो झापाका मिठाइ रेस्टुरेन्हरुमा नयाँ ‘आइटम’ भएको अर्का सञ्चालक अनुराग अग्रवालले बताए । ती गिफ्ट ह्याम्पर चाडपर्व तथा विशेष अवसरमा उपहारका रूपमा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।

स्थानीय स्तरमा गुणस्तरीय मिठाइ उपलब्ध गराउने यो प्रयासले झापाका उपभोक्ताहरूको ठूलो आकर्षण पाउने विश्वास रहेको अग्रज उद्योगी–व्यवसायी मोहनकुमार मित्तलले बताए ।
उद्घाटनका दिन शनिबार त्यहाँ मिठाइका परिकार किन्न उपभोक्ताको उल्लेख्य भीड देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *