नवप्रभात साकोसको १३ औं साधारणसभा सम्पन्न

अनिल ढुंगाना

झापा । झापाको भद्रपुर–९, पारिजात चोकस्थित नवप्रभात बचत तथा ऋण सहकारी सस्थाको १३ औ साधारण सभा सम्पन्न भएको छ ।
भद्रपुर ९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष भवानीप्रसाद सापकोटाको अध्यक्षतामा भद्रपुर ९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।

उपाध्यक्ष दाताराम तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन्द्र कटुवालले गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


संस्थाले आ. व. ०८१÷०८२ मा १६ लाख ९५ हजार आम्दानी गर्ने तथा सम्पत्ति र दायित्व बृद्धि गर्दै ४ करोड ७६ लाख ७५ हजार ५ सय पुर्याउने लक्ष्य लिएको व्यस्थापक खगेन्द्र ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा शेयर सदस्यमध्येका छोरा–छोरीमध्ये उत्कृष्ट जेहेन्दार सातजना विद्यार्थीलाई नगद २ हजार छात्रवृत्ति प्रदान गरिएको थियो भने उत्कृष्ट बचतकर्ता सीता राजवंशी र अमरबहादुर सिग्देल, असल ऋणी विपिन भट्टराई र सूर्यबहादुर अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दाहाल तथा अध्यक्ष सापकोटाले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा प्रकाश एकता सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ, बाल सुवोधिनी विद्यालयका प्रधानध्यापक विश्व थापा, कृष्ण प्रा.वि.का प्रधानाध्यापक सिताराम थापा, पुहाँतु जनज्योति माविकी प्रधानाध्यापक कौशिला पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

२०६८ सालमा स्थापना भएको संस्थामा हाल ६९२ महिला ८४० पुरुष गरी १५३२ शेयर सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *