अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरबीच समझदारी पत्रमा हस्ताक्षर

झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना गर्दै अगाडि बढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज अर्जुनधारा नगरपालिका आएको जापानको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नगरप्रमुख गोम्देनको मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहित ११ जनाको टोली २ दिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको जनाइएको छ ।

संघीय सांसद तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समेतको नगरपालिका भएको हुनाले विशेष महत्वका साथ संघीय सरकारसँग पनि समन्वयात्मक कार्यक्रम गर्ने प्रतिवद्धता दुवै मेयरले गरेका छन् ।

अर्जुनधारा नगरले जापानको तोनो सिटीका मेयरसहित टोलीलाई नौमती बाजासहित स्वागत गरेको थियो भने उक्त टोलीलाई नेपालको सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गरेर मनोरन्जनसमेत प्रदान गरेको थियो ।
जापानी टोली र अर्जुनधारा नगरबीच कृषि र स्वास्थ्य क्षेत्रका साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *