मेचीनगर गोल्डकप सुरु ः आयोजकको विजयी सुरुआत

झापा । झापाको मेचीनगरमा आजदेखि पाँचौ मेचीनगर गोल्डकप सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा भएको पहिलो खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा आयोजक टिमको तर्फबाट निशान लिम्बूले दुई गोल गरे भने विदेशी खेलाडी इब्राहिम र रोबर्टले एक–एक गोल गरे । जर्जियन फुटबल क्लवका तर्फबाट सत्यम शर्माले दुई गोल गरे ।


उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे । आइतबारको खेल ए डिभिजन लिग च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसीबीच प्रतिस्पर्धा हुने आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।

चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदीयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । आयोजक संयोजक प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको अध्यक्षतामा सहसंयोजक विमल आचार्यले स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए । समारोहमा गोल्डकपको संरक्षक मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds