चिया उद्योगी पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्ष चयन

झापा । झापा भद्रपुरका चिया उद्योगी आदित्य पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्ष चयन भएका छन् ।

पछिल्लो समय भारतीय अवराधका कारण चिया निर्यातमा समस्या देखिइरहेको र ल’पर नामक किराको प्रकोपले तराईका चिया बगानहरुमा समस्या उत्पन्न भई किसान एवम् उद्योगी मारमा परिरहेको बेला चिया क्षेत्रमा लामो अनुभव बटुलिसकेका पराजुली बोर्डको उपाध्यक्षमा चयन भएका छन् ।

यही असार १२ गते कृषि वन तथा पर्यावरण मन्त्रालयको मन्त्रीस्तरीय बैठकले पराजुलीलाई उपाध्यक्षमा मनोनयन गरेको हो । मनानयनसम्बन्धी पत्र मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

भद्रपुर–६ स्थित पराजुली टि इण्डष्ट्रिजका प्रवन्ध निर्देशक पराजुली नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्षसमेत हुन् । उनी इलामको सूर्योदयन गरपालिकामा रहेको गोरखा टि इण्डष्ट्रिजसमेतका सञ्चालक हुन् ।

चिया तथा कफी विकास बोर्डको नेतृत्वमा चिया क्षेत्रको अनुभवी र चियाको सर्वपक्षीय समस्याका जानकार व्यक्तित्व पुग्नुलाई चिया उद्यमी एवम् चिया किसानहरुले सुखद विषय भएको भन्दै अब चियाका समस्या समाधानमा ठोस कार्य हन्छ भन्ने आशा पलाएको प्रतिक्रिया दिएका छन् ।
नेपाल चिया उत्पादक संघका महासचिव शुक्रबहादुर दाहालले संघका अध्यक्ष पराजुली बोर्डको उपाध्यक्ष चयन भएकोमा आज बधाइ दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

झापा उद्योग वाणिज्य संघका विशिष्ट मानार्थ सदस्यसमेत रहेका नवनियुक्त उपाध्यक्ष पराजुलीले आफूले निर्यातजन्य नगदे बाली चिया र कफीको संरक्षण, गुणस्तरीय उत्पादन एवम् सहज निर्यातका लागि पहल र पैरवी गरिरहने प्रतिबद्धता जनाएका छन् ।

पराजुलीलाई झापा उद्योग वाणिज्य संघ एवम् झापा उद्योग संघले पनि कार्यकाल सफलताको लागि बधाइसहित शुभकामना व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds