प्रजिअ रिजाललाई झापाका तीन दर्जन संंघ–संस्थाद्वारा सम्मानसहित विदाइ

झापाबाट सरुवा भई तनहुँ जान लागेका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई झापाका करिब तनि दर्जन संघ–स.स्थाले एकैसाथ सम्मानसहित विदाइ गरेका छन् ।

२०७८ पुस २८ गतेबाट झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारका रुपमा रहेका रिजालको भर्खरै तनहु जिल्लामा सरुवा भएको छ । उनको सरुवा भएसँगै उनले झापामा रहेको समयमा शान्ति–सुरक्षासँगै मानवीय तथा सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दैै सम्मानसहित विदाइ गरिएको हो ।

सोमबार विर्तामोड उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यमा विर्तामोडमा आयोजित एक समारोहका बीच प्रजअि रिजाललाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, प्रदेश अध्यक्ष टिकाराज ढकाल, जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समारोहमा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईं लगायतले शुभकामना दिएका थिए । नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीले प्रमुख जिल्ला अधिकारी रिजालको सम्मानपत्र वाचन गरेको समारोहको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए । प्रमुख अतिथि ढकालले प्रजिअ रिजालले झापामा रहेका समयमा वाणिज्य संघलगायतका संघ–संस्थासंग गरेको समन्वयको प्रशंसा गरे ।

समारोहमा प्रजिअ रिजाललाई विर्तामोड उद्योग वाणिज्य संघ, दमक उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, कन्काई उद्योग वाणिज्य संघ, बुद्धशान्ति उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, झापा गोल्डकप, एकका लागि एक अभियान, सहारा नेपाल, नेपाल औषधि व्यवसायी संघ ९झापा०, रोटरी क्लब बिर्तामोड, सुनचाँदी व्यवसायी संघ, झापा, संवाद समूह, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड, मेची डिष्ट्रिव्यूटर्स एशोसिएशन बिर्तामोड, टायल्स तथा मार्वल व्यवसायी संघ, क्लब अफ बिर्तामोड सिटी, लायन्स क्लब अफ बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल अलैंची व्यवसायी महासंघ, मेची पेट्रोलियम डिलर्स एशोसिएशन, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, राष्ट्रिय उपभोक्ता मञ्च झापा, महिला मुक्ति अभियान, एवीसी नेपाल, बिर्तामोड साना शहरी खानेपानी उपभोक्रा तथा सरसफाइ संस्था, अर्जुनधारा जलेश्वर धाम, नेपाल उद्यमशील महिला संघ झापा, चेम्बर अफ कमस झापा, वीरता जेसीज,, वीरता लेडी जेसीज, छठ सेवा समिति, बिर्तामोड, निर्माण व्यवसायी संघ झापा, युनिकन नेपाल, गोर्खा फाउण्डेशन नेपालले सम्मान गरेका थिए ।

समारोहमा प्रमुख जिल्ला अधिकारी रिजालले झापामा रहँदा आफूले धेरै कुरा सिक्ने मौका पाएको र यहाँका संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायतले खेलेको भूमिकाको प्रशंसा गर्दै झापालाई कहिलै बिर्सन नसक्ने उल्लेख गरे । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको समारोहको सञ्चालन सचिव कुशल खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds