बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समय तीन दिन थपियो

झापा– बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समय तीन दिन थप गर्ने निर्णय गरेको छ ।

पूर्वघोषित समय अनुसार आज महोत्सव समापन हुँदै थियो ।अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेकाले फागुन १८ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय भएको आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीका अनुसार थपिएको यो समयमा टिकट शुल्क दुई सय रुपैयाँ निर्धारण गरिएको छ । अब कलाकार रचना रिमाल, जीबब, दीपक बज्राचार्य र प्रमोद खरेलको ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति राख्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *