झापाको मेची पूलबाट ब्राउनसुगरसहित युवा–युवती पक्राउ

मेचीनगर । झापाको मेचीनगरस्थित मेची पूलबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित युवायुवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ६ गैरीगाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका– ११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् ।
हिजो साँझ इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पूलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो भने गिरीको साथबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *