भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीमा रोजगार सेवा केन्द्रको भुमिका बारे अन्तरक्रिया गरिएको छ ।
भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार सम्पन्न अन्तरक्रियामा पछिल्लो चरणमा बढ्दै गएको वैदेशिक रोजगारीप्रतिको आकर्षण, योसँग जोडिएका चुनौती र सोको व्यवस्थापनका लागि सामी कार्यक्रम र रोजगार सेवा केन्द्रको सहकार्यको विषयमा व्यापक छलफल गरिएको थियो ।
सामी कार्यक्रमका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले सामी कार्यक्रम बारेमा जानकारी गराएका थिए भने भद्रपुर नगरपालिकाका प्रशासन प्रमुख खेमराज प्रसाईले आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारी व्यवस्थापनका लागि रोजगार संयोजकहरूको भुमिकामाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले नेपालको समग्र रोजगारी र वैदेशिक रोजगारीको अवस्था, अवसर र चुनौती, स्थानीय सरकारले खेल्नुपर्ने भुमिका र सो भूमिकामा रोजगार संयोजकहरूको जिम्मेवारीसँग सम्वन्धित विषयवस्तुमा प्रकाश पारेका थिए ।
सामी परियोजना प्रदेश नं १ कार्यक्रम अधिकृत उमा पौडेलले रोजगार सेवा केन्द्र र सामी कार्यक्रमको अन्तरसम्बन्धका बारेमा प्रस्टेयाएकी थिइन् भने कार्यक्रमको संचालन तथा सुरक्षित वैदेशिक रोजगारीसँग सम्वन्धित प्राविधिक विषयवस्तुहरू कार्यक्रम संयोजक फणिन्द्र दाहालले प्रस्तुत गरेका थिए ।