रङ्गहरुको पर्व होलीको पावन अवसरमा कचनकवल जेसीज द्वारा आयोजित होली मिलन कार्यक्रम, कचनकवल जेसीजका उपाध्यक्ष जेसी फणिन्द्र बोहोराको संयोजकत्व , कचनकवल जेसीजका अध्यक्ष जेसी बिष्णु खरेलको अध्यक्षता, कचनकवल गा.पा अध्यक्ष कालेन्द्र राजवंशीको प्रमुख आतिथ्यता, झापा क्षेत्र न. ३ क का पुर्व प्रदेश सभा सदस्य बसन्त बानिया र कचनकवल गा.पा. उपाध्यक्ष नवराज भट्टराईको विशिष्ट आतिथ्यतामा साथै कचनकवल २ का वडा सदस्य गणेश भण्डारी सहित कचनकवल क्षेत्रका सामाजिक व्यक्तित्वहरू हरि घिमिरे , गोपाल थापा संजिव प्रधान , रोहित भण्डारी , कचनकवल बाल संजाल अध्यक्ष मनिष बराल , प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका नविन मिश्र , एसियन लाइफ इन्स्योरेन्सका उमाकान्त राजबंशी , रंगेली जेसीज वर्ष १९९२ का महासचिव राजकुमार भट्टराईको आतिथ्यतामा कचनकवल २ को सुकुनाडिगिमा सम्पन्न भएको छ । कचनकवल जेसिजका महासचिव फणिन्द्र दाहालले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निवर्तमान प्रदेशभा सदस्य वसन्त बानिया र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशीले जेसिजका युवाहरू परिवर्तनका संवाहक हुनसक्ने भएकोले वडा तथा टोल टोलसम्म सकारात्मक परिवर्तनका लागि अघि बढ्न अनुरोध गर्दै सम्भव भएसम्म साथ दिने प्रतिबद्धता राख्नुभयो । कार्यक्रमको औपचारिक समापन पश्चात आयोजक र अतिथि गणहरू बिच रङ्ग मार्फत सद्भाव साटासाट भएको थियो । कचनकवल जेसिजले नेपालकै होचो मध्येको एक भुभाग कचनकवल स्तम्भमा गएर समेत सद्भावपूर्ण होली खेलेर सो क्षेत्रको प्रवर्द्धनका लागि प्रयास गरेको थियो । कार्यक्रमको प्रायोजक समय क्रिस्तानले होली टिसर्ट साथै फोटोग्राफि र भिडियोग्राफिका लागि सहयोग गरेको थियो ।
सम्बन्धित खबर
झापा उद्योग संघद्वारा कचनकवलको शारदा प्रा.वि.का विद्यार्थीलाई स्वेटर वितरण
- nirmanlahar
- January 6, 2025
झापा । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले जिल्लाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाको एक […]
विर्तामोड खानेपानीद्वारा दैनिक दुई करोड लिटर पानी वितरण
- nirmanlahar
- January 2, 2025
झापा । झापाको विर्तामोड साना शहरी खानेपानी तथा सरसफा उपभोक्ता संस्थाले २२ औं वार्षिक साधारणसभा […]
उद्यमी मित्तलद्वारा कृष्ण प्राविका विद्यार्थीलाई स्विटर वितरण
- nirmanlahar
- December 19, 2024
झापाको मेचीनगर नगरपालिका–१४ प्रणामी नगरमा रहेको श्री कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको […]