झापामा ४४ ग्राम ब्राउनसुगरसहित एकजना पक्राउ

भद्रपुर । झापामा ठूलै परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त टोलीले हिजो बेलुका इलामका सुजलबाला राईलाई ४४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आइरहेका राईलाई मेची पूलमा शंका लागी चेकजाँच गर्दा उनको साथबाट ठूलो परिमाणमा ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
राईलाई इप्रका काँकरभिट्टाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *