झापा जिल्ला उसु संघमा घिमिरेको दोस्रो कार्यकाल

भद्रपुर । झापा जिल्ला उसु संघको अध्यक्षमा राजेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । घिमिरेको यो दोस्रो कार्यकाल हुनेछ ।

आइतबार झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको भेलाले घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
घिमिरेकै अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको प्रमुख अतिथ्यमा आयोजित भेलाले सबै पदमा सर्वसम्मत गरी नयाँ समिति गठन गरेको छ ।

भेलाबाट संघको उपाध्यक्षमा दिपेश ढकाल र जीवनकुमार श्रेष्ठ चयन भएका छन् भने सचिवमा डम्बरबहादुर यादव, सहसचिवमा घनश्याम गुरुङ र कोषाध्यक्षमा शैलेस श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, सदस्यमा निर्मल भट्टराई, भरत चौधरी, ओम अग्रवाल, निरज पराजुली, रमेश मिण्डा, युवराज संग्रौला, लोकबन्धु ढुंगाना, विमल आचार्य, ईन्द्र ओली, डा. रामबाबु खड्का, लय भण्डारी, रमेश पराजुली, सञ्जु भारती, मदन बुढाथोकी, तीर्थराज ढकाल, लक्ष्मीप्रसाद अधिकारी, इशुभ पाण्डे, तारा नेपाल र रमेश चौधरी सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले सबैको साथ–सहयोगबाट उसुलगायत खेलकुदका गतिविधि बढाउने र झापामा खेलकुद पर्यटन प्रद्र्धनका लागि समितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *