मेची क्याम्पसमा मिश्रित परिणाम, सभापतिमा अनेरास्ववियुका धमला विजयी

भद्रपुर । झापाको सबैभन्दा पुरानो सरकारी क्याम्पस मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ ।
आस दिउँसो सम्पन्न मतगणना अनुसार सभापति पदमा अनेरास्ववियुका सन्देश धमला विजयी छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले ९६० मत ल्याउँदा ढुङ्गानाले ८३० मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भए । राईले १ हजार १३ मत प्राप्त गर्दा नेवि संघका भीष्म घिमिरेले ९३३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नेवि संघकी निलम कार्की विजयी भइन् । उनले १ हजार १५० मत ल्याउँदा अनेरास्ववियुका अनिल चौहानले ७२७ मत प्राप्त गरे ।
अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलले दुईवटा सदस्य जित्दा नेविसंघले पाँचवटा सदस्य पद जितेको छ । संयुक्त प्यानलका तर्फाबाट अनुषा भण्डारी र उद्देश्य भण्डारी सदस्यमा निर्वाचित हुँदा नेविसंघका तर्फबाट सौरभ वस्ती, प्रजिन खतिवडा, भीमार्जुन गिरी, प्रतीक शाह रौनियार र विवेक ढकाल विजयी बनेको निर्वाचन समितिले जनाएको छ ।
मेची क्याम्पसमा तीनवटा प्यमनल चुनावी प्रतिस्पर्धामा थिए । अनेरास्ववियु र राप्रवियुले संयुक्त प्यानल बनाएका थिए भने अखिल क्रान्तिकारीलगायत अन्य बाम घटकको एउटा प्यानल तथा नेवि संघको एकल प्यानल चुनावी मैदानमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *