नेपाल उद्योग वाणिज्य महासंघमा झापाको बलियो उपस्थिति

भद्रपुर नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकारिणी समितिमा झापाको बलियो प्रतिनिधित्व हुने देखिएको छ ।
बुधबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार वस्तुगत उपाध्यक्षसहित कार्यकारिणी सदस्यमा झापाका उम्मेद्वारहरुले विजय हासिल गरिसकेका छन् ।


झापा भद्रपुरका स्थायी वासिन्दा हेमराज ढकाल वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् भने झापा विर्तामोडका उमेश डालमिया, दमकका गोकुल श्रेष्ठ जिल्ला÷नगरतर्फको कार्यकारिणी सदस्य (केन्द्रीय सदस्य) निर्वाचित भएका छन् । झापा मेचीनगरका नरेन्द्रकुमार खड्का कोशी प्रदेशको प्रतिनिधित्व गर्दै कार्यकारिणी सदस्य निर्वाचित भएका छन् भने झापाको विर्तामोडमै घर भई लामो समय झापालाई नै कर्मथलो बनाएका राजकुमार कार्की वस्तुगततर्फको कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् ।


भद्रपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल चिया उत्पादक संघले उम्मेद्वार सिफरिस गरेका ढकालले वस्तुगत उपाध्यक्ष पदमा ६१ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत प्राप्त गरे । विजयी ढकाल वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।


यस्तै, कार्यकारिणी सदस्य पदमा झापा उद्योग वाणिज्य संघबाट सिफारिश गरिएका डालमियाले ७३ मत प्राप्त गरे भने दमक उद्योग वाणिज्य संघबाट सिफरिस गरिएका श्रेष्ठले ६४ मत प्राप्त गरे ।


झापामा केन्द्रीय कार्यालय रहेका सबै वस्तुगत संघहरुबाट समर्थन पाएका नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष कार्की नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *