झापामा भारतीय गाडीबाट ११ लाख मूल्य बराबरको अवैध सामग्री बरामद

भद्रपुर । पूर्व नाकामा चोरी तस्करीका लागि भारतीय सवारी प्रयोग गरेको पाइएको छ । खाली सवारीहरुमा अवैध रुपमा सामान भित्र्यााइएको सुरक्षाकर्मीले फेला पारेका छन् । भारतबाट नेपाल सरसामान लिन आउने भारतीय नम्बर प्लेटको खाली मालवाहक सवारीसाधनले अवैध रुपमा भारतीय सरसामान नेपाल भित्र्याएको भेटिएको हो ।


यसैक्रममा, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हिजो बेलुका पूर्व–पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका–६ स्थित काली खोलामा भारतीय नम्बर प्लेटको खाली ट्रक रोकेर चेकजाँच गर्दा ठूलो मात्रामा भन्सार छलीका सरसामान बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार भन्सार प्रज्ञापन पत्र कटाएर पश्चिमतर्फ गइरहेको डब्लुबी ७३ एएल ४२६६ नंम्बरको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा ट्रकको हुडमाथि त्रिपालले छोपेर भित्र्याइएको करिब ११ लाख मूल्यबराबरको अवैध सरसामान बरामद भएको छ । ट्रकको हुडमाथिबाट प्रहरीले २४ कार्टुन टायल्स, ३ हजार ७८ पिस राधेराधे गम्छा, ३५ थान रेडमी कम्पनीका मोबाइल र विभिन्न प्रकार प्रतिवन्धित औषधि बरामद गरिएको प्रहरीको भनाइ छ ।बरामद गरिएको सरसामान र ट्रकको २२ लाख ९० हजार मूल्यांकन गरी ट्रक चालक निरञ्जन रायसमेतलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *