झापाका निर्माण व्यवसायीले सम्झिए अध्यक्ष गाैचनलाई

झापाका निर्माण व्यवसायीले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष स्व. शरद गाैचनकाे सम्झना गरेका छन् । आज निर्माण व्यवसायी संघ झापाकाे सभाहलमा स्व. गाैचनकाे स्मृतिमा आयाेजित सभामा झापाका निर्माण व्यवसायीहरूले स्व. गाैचनले निर्माण व्यवसायकाे क्षेत्रबाट राष्ट्र निर्माण तथा मर्यादित व्यवसायका लागि पुर्‍याएको योगदानकाे चर्चा गरेका थिए ।

झापा संघका अध्यक्ष मिलन वस्नेतकाे अध्यक्षतामा आयाेजित सभामा झापा संघका पूर्व अध्यक्षहरू गाेपालबहादुर थापा, गणेशबहादुर वस्नेतलगायतले स्व. गाैचनकाे याेगदानकाे चर्चा गरेका थिए । नेपाल निर्माण व्यवसायी महासंघकाे अध्यक्ष रहेकै बेला केन्द्रीय कार्यालय जाँदै गर्दा गाेली हानी गाैचनकाे हत्या भएकाेे । निर्माण व्वसायीहरूले स्व. गाैचनलाई निर्माण व्यवसाय क्षेत्रका सहिदकाे रूपमा सम्मान र सम्झना गर्दै आएकाे निर्माण व्यवसायी संघ झापाका महासचिव पुष्पराज निराैलाले बताए ।

संघले आजै बडादशैंलगायत आउँदै गरेका चाडपर्वकाे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमसमेत गरेकाे अध्यक्ष वस्नेतले जानकारी दिए । कार्यक्रममा निर्माण व्यवसायीहरूकाे उल्लेख्य सहभाथिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *