झापाको सदरमुकाम भद्रपुरमा मारवाडी सम्प्रदायका श्रद्धेय अग्रसेन महाराजकाे ५१४८ औं जयन्ती हर्षाेल्लासका साथ मनाइएकाे छ । अग्रवाल समाज भद्रपुरकाे आयाेजनामा भद्रपुर बजारस्थित माेहपाल धर्मशालामा महाराज अग्रसेनकाे जीवनी एवम् याेगदानका बारेमा चर्चा -परिचर्चा गर्दै जयन्ती मनाइएकाे हाे । अग्रवाल समाज भद्रपुरका अध्यक्ष सत्यनारायण तायलकाे अध्यक्षतामा आयाेजित समाराेहका प्रमुख अतिथि मारवाडी समुदायका अग्रज, काेशी प्रदेशका पूर्व मन्त्री ओमप्रकाश सरावगीले मारवाडी समुदायले महाराज अग्रसेनले देखाएकाे सत्मार्गलाई पछ्याइरहेकाे उल्लेख गर्दै अग्रसेन महाराजकाे याेगदान र सत्कर्मलाई अझ विस्तार गर्न आवश्यक रहेकाे औंल्याए । भद्रपुर मारवाडी युवा मञ्चका अध्यक्ष माेहित शर्माले स्वागत र भद्रपुर मारवाडी महिला मञ्चकी सचिव रीता सरावगीले सञ्चालन गरेकाे कार्यक्रममा समुदायका अग्रज सुरेशकुमार अग्रवाल, भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवाला, भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निलम गाेयल, पूजा अग्रवाललगायले शुभकामना मन्तव्य राखेका थिए । मारवाडी समुदायले महाराज अग्रसेनलाई महाभारतकालीन समयकालका युगपुरूषकाे रूपमा मान्ने गरेकाे बताउँदै अग्रवाल समाज भद्रपुरका अध्यक्ष तायलले महाराज अग्रसेन भगवान रामका ३४ औं पुस्ता भएकाे जनाए । उनले महाराज अग्रसेन मारवाडी समुदायका १८ गाेत्रका प्रवर्तक रहेकाे पनि जानकारी दिए ।
भद्रपुरमा अग्रसेन जयन्ती मनाइयाे
