युवा उद्यमी ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान’

झापा भद्रपुर–६ निवासी प्रतिष्ठित उद्योगी दिपेश ढकाललाई ‘उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान प्रदान गरिएको छ ।

राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा र खेलकुद लगायतका क्षेत्रमा आफ्नो कुशल नेतृत्वदायी क्षमता प्रस्तुत गर्दै पुर्याएको योगदानको कदर गर्दै नेपाल निजामती कर्मचारी युनियन झापाले ढकाललाई सम्मान गरेको हो।

युनियनले आफ्नो स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजना गरेको समाारेहमा सफल उद्यामी ढकाललाई समारोहका प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, युनियनका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ, युनियनका सचिव भानुभक्त भट्टराई, नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

भद्रपुर झापा गोल्डकप र झापा जिल्ला व्याडमिन्टन संघको अध्यक्ष, झापा उद्योग संघ, झापा जिल्ला उसु संघ र रेडियो भिजन प्रा.लि.का उपाध्यक्ष ढकाल सामाजिक संस्था रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष हुन् । त्यस्तै, गोरखाली सिमेन्ट उद्योग, दक्षिणकाली प्लास्टिक इन्डस्ट्रिज र खुश्बु इँटा उद्योगका प्रबन्ध निर्देशकसमेत रहेका ढकाल दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध छन् ।

ढकाललाई यसअघि नेपाल जेसीजले उत्कृष्ट युवा उद्यमी सम्मानद्वारा पुरस्कृत गरिसकेको छ भने गत फागुनमा झापा गोल्डकपले सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *