सिम्रिक सहकारीको अध्यक्षमा भट्टराईको दोस्रो कार्यकाल

झापाको अग्रणी सहकारी संस्था विर्तामोड–४ मा स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् ।

आगामी चारवर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदमा भट्टराईको मात्र मनोनयन दर्ता भएकोले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जानकारी दिए । सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका सबै पदमा साविककै समितिका अनुहार दाहोरिएका छन् ।

तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआए पछि आगामी कार्यकालका निम्ति साविककै समिति निर्वाचित भएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा साविकका उपाध्यक्ष किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा मेहरमान बिष्ट निर्वाचित भएका छन् भने सदस्यमा पनि साविककै लिला मुखिया अधिकारी, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविज जोगी निर्वाचित भएका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमेशकुमार अधिकारी पुनः निर्वाचित भएका छन् । सदस्यमा पनि साविककै मिनप्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *