झापा । झण्डै डेढ दशकदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको झापाको विर्तामोडस्थित गणपति बेकरीले जिल्लाको सदरमुकाम भद्रपुरमा पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहितको क्याफे सञ्चालनमा ल्याएको छ ।
करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा भद्रपुर विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको हो ।
गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको भद्रपुर शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैँ उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।
गणपति बेकरीका हेडक्वार्टर प्रमुख राजु ढकालका अनुसार गणपतिको बिर्तामोडमा मुख्य उत्पादन उद्योग छ भने काँकरभिट्टा र चन्द्रगढीमा फ्रेन्चाइचमा लगिएकोले गुणस्तर मापदण्ड पालना गर्नेगरी शाखा स्वामित्व दिइएको हो ।
गणपति बेकरी भद्रपुरका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलिभरीको समेत व्यवस्था रहेको जानकारी दिए । ढकाल झापा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पनि हुन् ।