झापा । झापाको सदरमुकाम भद्रपुरको लेखनाथचोक, चन्द्रगढीमा शाकाहारी परिकार मात्र उपलब्ध हुने गरी हिमालय फुडल्याड सञ्चालनमा आएको छ ।
शुद्ध शाकाहारी उपभोक्ता र परिवारलाई लक्षित गरी भद्रपुर १० निवासी दीक्षा खनाल र अनुज खतिवडा दम्पतीले २५ लाख लगानीमा चन्द्रगढीमा हिमालय फुडल्याण्ड सञ्चालनमा ल्याएका हुन् ।
सबै वर्ग र उमेर समूहका लागि खाजा–खानाका साथै शान्त तथा पारिवारिक वातावरणमा आनन्दमयी पल प्रदान गर्ने गरी फुडल्याण्ड सञ्चालनमा ल्याइएको सञ्चालक दीक्षाले बताइन् ।
बडादशैको शुभारम्भ हुने घटस्थापनाको अवसर पारेर भोलि बिहीबार फुडल्याण्डको पनि उद्घाटन गरिने सञ्चालक अनुज खतिवडाले जानकारी दिए ।
अन्य होटलहरुको हिमालय फुडल्याण्डमा पृथक र सरल मूल्यमा सेवा प्रदान गरिने खतिवडाले बताए ।
फुडल्याण्डबाट उपभोक्ताको चाहनाअनुसार भेज पिज्जा, बर्गर, बबल टि, फ्रेन्च फ्राई, चाउमिन, पकौडालगायतका खाजाका परिकार उपलब्ध हुनेछन् । यिनै परिकारको फेमिली प्याक (कम्बो) पनि उपलब्ध हुने बताइएको छ । एसीजडित हलसमेत रहेको फुडल्याण्डमा जन्मदिन वा अन्य उत्सव मनाउन सक्ने गरीको व्यवस्था रहेको पनि खतिवडाले जानकारी दिए । उनले होम डेलिभरी सुविधाको तयारी भइरहेको पनि जानकारी दिए । उनले आफ्नो फुडल्याण्डमा तयार हुने पिज्जा विशेषखालको रहेको पनि बताए ।
शुद्ध शाकाहारी उपभोक्ताका लागि हिमालय फुडल्याण्ड खाजाका लागि रोजाइको गन्तव्य बन्नसक्ने व्यवसायी रमेश पोखरेलको प्रतिक्रिया छ ।