झापा । भद्रपुर जेसीजले झापाको सदरमुकाम रहेको भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति बहुउद्देश्यीय भवनको विषय उठान गर्दै सुरु गरेको जेसीज सप्ताह आज गन्धर्व साँझ आयोजना गर्दै समापन गरेको छ ।
जेसीज सप्ताहभरि भद्रपुर जेसीजले विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेको अध्यक्ष टिकाराम पाण्डे ‘दीपक’ले जानकारी दिए ।
जेसीज सप्ताह मूल आयोजक समितिका संयोजक तथा भद्रपुर जेसीजका कार्यकारी उपाध्यक्ष अभिषेक प्रधानले जेसीज सप्ताहभरि भद्रपुर जेसीजले पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा, भद्रपुर १० स्थित जेसीज गाउँमा शैक्षिक सामग्री वितरण, बालबालिकासँग जेसीज कार्यक्रम, अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता, २९ गते हिमाली माविमा नाक, कान, घाँटीसम्बन्धी बृहत स्वास्थ्य शिविरलगायतका रचनात्मक कार्यक्रम आयोजना गरेको थियो ।
भद्रपुरसिथत होटल उडल्याण्ड परिसरमा भद्रपुर जेसीका अध्यक्ष टिकाराम पाण्डे ‘दीपक’को अध्यक्षता एवम् भद्रपुर नगरपालिकाका प्रमुख तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा झापाको कचनकवलका गन्दर्भहरुले सांरंगीको समुधुर धुनका साथ गीतहरु प्रस्तुत गरेका थिए ।
नेपालको मौलिक लोकबाजा सारंगी र गन्धर्व कलाकारहरुको कला संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जेसीज सप्ताह समापनको अवसरमा गन्धर्व साँझ आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए ।
जेसीजका महासचिव सरोज ढकालले सञ्चालन र सप्ताह मूल आयोजक समितिका संयोजक भद्रपुर जेसीजका कार्यकारी उपाध्यक्ष अभिषेक प्रधानले स्वागत गरेको समापन समारोहमा भद्रपुर नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, राष्ट्रिय अनुसन्धानका उपरीक्षक कुलचन्द्र नेपाल, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, अर्जुनधारा जेसीजका अध्यक्ष वसन्त बुढाथोकी, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै भद्रपुर जेसीजले गन्धर्व साँझ आयोजना गरेर नेपाली मौलिक संगीत प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।