इष्ट पोइन्टले विविध कार्यक्रमका साथ मनायो रजत जयन्ती तथा २५ औं अभिभावक दिवस

झापा । झापाको भद्रपुर–४ लक्ष्मीनगरस्थित इष्ट पोइन्ट इङलिस स्कूलले रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विविध रचनात्मक प्रस्तुतिका साथ शनिबार मनाएको छ ।

विद्यालय परिसरमा आयोजित समारोहका बीच कीचकबध ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल व्यवस्थापन समितिको पूर्व अध्यक्ष, समाजसेवी दिलबहादुर थेवेले स्कूलले रजत जयन्ती तथा २५ औं अभिभावक दिवस उद्घाटन गरेका थिए । विद्यालयको शिक्षक अभिभावक संघकी सदस्य नानु ढंगेलको अध्यक्षतामा आयोजित समारोहलाई विद्यार्थीहरुले नै सञ्चालन गरेका थिए ।

कक्षा १० का विद्यार्थीहरु गुञ्जना वन र नुमाफुङ लिम्बूले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा कक्षा ८ की विद्यार्थी एञ्जिला घिमिरेले स्वागत गरेकी थिइन् ।

नर्सरीदेखि कक्ष्ष १० सम्मका विद्यार्थीले आफ्नो प्रतिधा प्रस्तुत गरेको समारोहमा विद्यालयका सञ्चालक राजेन्द्रकुमार घिमिरेले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापसहितको गतिविधिका बारे अभिभावकहरुलाई जानकारी गराएका थिए । उनले इष्ट पोइन्टले सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक, सीपयुक्त र व्यावहारिक शिक्षामा जोड दिएको बताए । सञ्चालक घिमिरेले पछिल्लो समय धेरै विद्याथी मोवाइललगायका विभिन्नखाले कुलतमा पर्दै गएको, अटेरी बन्दै गएको उल्लेख गर्दै अभिभावकहरुले पनि त्यस विषयमा ध्यान दिन र आफ्ना छोराछोरीमा निगरानी बढाउनुपर्ने उल्लेख गरे ।

नृत्य, गीत, नाटक, वक्तृत्वकला, एनसीसी कवाजजस्ता अतिरिक्त क्रियाकलाप प्रस्तुत गरिएको सो समारोेहमा प्रमुख अतिथि थेवे, प्याब्सन भद्रपुरका अध्यक्ष भक्त कार्कीलगायतले विद्यालयले पछिल्लो समय दक्षिणी क्षेत्रका विद्यार्थीहरुलाई समेटिइरहेको र प्रगति पनि गर्दै गइरहेको उल्लेख गरे ।

अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको सोही समारोहका बीच अघिल्लो शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि मेडल तथा प्रमाणपत्र वितरण गरिएको प्रिन्सिपल विनय टोप्पोले जानकारी दिए ।

भौतिक तथा प्राविधिक रुपमा सुविधासम्पन्न सो विद्यालयमा हाल चारसयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *