एनवाईइएफ झापा च्याप्टरको अध्यक्षमा गणेश पौडेल

झापा । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी गणेश पौडेल सर्वसम्मत चयन भउका छन् । शुक्रवार साँझ होटल मेची क्राउनमा भएको दोस्रो साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

झापा च्याप्टरका संस्थापक अध्यक्ष प्रवेश बस्नेतले नयाँ समितिको नाम घोषणा गरेका थिए । समितिको प्रथम उपाध्यक्षमा मिजास पोखरेल,द्वितीय उपाध्यक्ष सुरज चौधरी र सदस्यहरुमा अजित ढुङगाना, विशाल विमली, मनिष साहेवाला, विकास अग्रवाल, आशिष शर्मा, आयुश बजगाई, उत्सव उप्रेती, समाली मैनाली, निरज चौधरी चयन भएका छन् ।

कार्यक्रमका अध्यक्ष डा. रुपेशजंग बेलबासेले आफ्नो कार्यकालमा गरेका सामाजिक कामहरुको जानकारी गराएका थिए । युवा उद्यमीहरुसँग छलफल अन्तरक्रिया, विद्यार्थीहरुलाई सहयोग, स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको उनको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिवद्धता मन्तव्य दिँदै झापा च्याप्टरका गतिविधिलाई थप प्रभावकारी बनाइने बताए । उनले स्थानीय उद्यमशीलताको प्रवद्र्धनका लागि विविध कार्यक्रम गरिने बताए ।

पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पराज पराजुली, एनवाईइएफका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी शर्मिला अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष प्रवेश बस्नेतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds