संविधान दिवसको अवसरमा भद्रपुरमा रक्तदान कार्यक्रम, ७६ जनाले गरे रक्तदान

झापा । नवौं संविधान दिवसको अवसर पारेर झापाको भद्रपुरमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
भद्रपुरको झापाचोकमा ‘साथी’ नामक सामाजिक संस्थाले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । ‘साथी’ भद्रपुर माविमा अध्ययन गरी २०५४÷०५५ को एसलसी ब्याचका साथीहरुको संस्था हो ।

‘साथी’–का सदस्य विश्वराज थापाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाको पविधिक सहायेग रहेको कार्यक्रममा १० जना महिला र ६६ जना पुरुष गरी ७६ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक एवम् संस्थाका सदस्य गोपेश वर्मनले जानकारी दिए ।


कार्यक्रममा भद्रपुर नगरपालिका, ४ नं. वडाध्यक्ष हंशधर राजवंशी, ६ नं. वडाध्यक्ष रतिया राजवंशी, ५ नं. वडाध्यक्ष बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, समाजसेवी धनजुजु श्रेष्ठ, अधिवक्ता सुरज खत्रीलगायतले संस्थाले गरेको मानवीय सेवाको प्रशंसा गर्दै सामाजिक सेवाकार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग भएको संस्थाका सदस्य राजु खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *